इनरुवा ।
कोरोना भाइरसको महामारी सगैँ सुनसरीका केरा किसानहरु केरा बिक्री नभएपछि चिन्तति बनेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका वार्ड नं. ९ का सत्यनारायण यादव सँगै भोक्राहा नरसिंह वार्ड नं. ७ का भोला मेहता वार्ड नं. ५ का उपेन्द्र यादव लगायतका केरा किसानहरुले उत्पादन गरेकोे केरा बिक्री नभएर घाटा व्यहोरेको उनीहरु बताउँछन् ।
कोरोना भाइरसका कारण विश्व नैँ गहिरो दुखमा परेको बेला सुनसरीका किसान समयमा सहजै बजार नपाएपछि यतिखेर केरा बिक्री नभएर घाटा व्यहोरेकाले निराश भएका छन् ।
लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएको र हाल बजार खुले पनि केराको खासैँ माग नभएपछि किसानहरु चिन्तीत बनेका हुन् ।
केरा बिक्री हुने सिजन सुरु भएपनि कोरोना भाइरस सामुदायमा फैलिएपछि बजारमा केराको बिक्री सहज नभएको केरा किसान भोला मेहताले बताए ।
केरा किसान मेहताका अनुसार छठ पर्वमा केराको माग अत्याधिक भएपनि यस वर्ष छठ पर्व मनाउन नसकिने भएपनि केरा कसरी बिक्री गर्ने भन्ने गहिरो सोचमा परेको स्थानीय बिरेन्द्र यादवले जानकारी दिए ।

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्