इनरुवा । अर्ना संरक्षणका लागि स्थापित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने पर्यटकहरुलाई आकर्षित गर्ने देखि लिएर विदेश सम्म स्थानीय रुपमा उत्पादन गरिएका सिमसार जन्य सामाग्री निकासी गर्ने लक्ष्य सहित चिनो पसल सञ्चालनमा ल्याइएको छ ।
सिमसार जन्य फोहोरका रुपमा लिइने जलकुम्भी ,रानी पटेर लगायतका सिमसारमा पाइने सामाग्रीको प्रयोग गरि उत्पादन गरिएका विक्री वितरण गर्ने लक्ष्य सहित चिनो पसल सञ्चालनमा ल्याइएको हो ।
कोशी टप्पु क्षेत्रको पहिचान झल्कने सामाग्रीहरुको उत्पादनका साथै विक्री वितरण गरेर कोशी टप्पु सम्म पर्यटकहरुलाई आकर्षित गर्ने तथा स्थानीयको आयआर्जनमा सहयोग पुर्याउने लक्ष्य सहित विगत केही वर्ष अघि यस प्रकारको सोच वनाइए पनि निस्कृय रहेको समयमा पुन सञ्चालनमा ल्याइएको चिनो पसल व्व्ब्यवस्थापक अशोक साह वताउछन । स्थानीय रुपमा सरदार जातका महिलाहरुले हस्तकलाका रुपमा उत्पादन गरेर काठ्माडौं पठाउने र काठमाडौंबाट फिनिसिगं गरे विदेश समेत पठाउने पठाउने गरेको ब्यवस्थापक साहले जानकारी दिए ।
सिमसार क्षेत्रमा पाइने र त्यसै खेर जाने पटेर ,जलकुम्भी लगायतबाट वनाइएका ब्याग ,पर्स , म्याट , चकटी , ढाकी ,डाला लगायत हस्तकलाका सामाग्रीहरुको माग काठमाडौ साथै विदेशमा समेत ह’ने गरेको छ ।
विश्वमै दुर्लभ बन्दै गएको बाबुलिस जातको अर्ना साथै ५सय भन्दा वढी प्रजातिका चरा पाइने कोशी टप्पु वन्य जन्जु आरक्षमा विश्वका विभिन्न देशहरुका पर्टयकहरु आउने गरेका छन भने आन्तरिक पर्यटकहरुको समेत आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्