इनरुवा । इनरुवा नगरपालिकाको वडानम्बर ५ को नवनिर्मित भवनको मंगलबार विधिवत रुपमा उद्घाटन गरिएको छ । नगरप्रमुख राजन मेहता प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौला सहित वडा अध्यक्षहरुको सहभागितामा इनरुवा ५ को वडा कार्यालय र अधारभुत स्वास्थ्य केन्द्र पक्की भवनमा पुजापाठ र रिविन काटेर उद्घाटन गरेका छन् ।

अब उप्रान्त इनरुवा ५ वडाका प्रशासनिक लगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष अञ्जनीकुमार पोखरेलले जानकारी दिए ।

इनरुवा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष अञ्जनीकुमार पोखरेलको अध्यक्षता तथा इनरुवा नगरपालिका मेयर राजन मेहताको प्रमुख आतिथ्यतामा वडा कार्यालय भवन र अधारभुत स्वास्थ्य केन्द्र भवन समुद्घाटन भएको हो ।

इनरुवा ५ बलाहामा निमार्ण भएको वडा कार्यालय भवन र अधारभुत स्वास्थ्य केन्द्र भवनको समुद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव इनरुवा नगरपालिका मेयर राजन मेहताले बहुसंख्यक जनताको हितमा इनरुवा नगरपालिकाले आफ्नो गतिविधिलाई अगाडि बढाउदै आएको बताएका छन् । नगरमा आन्तरिक स्रोतको अभावमा नगरभित्र प्रर्याप्त मात्रामा विकास गर्न नसकिएको बताउदैँ मेयर मेहताले नगरको काममा कहिल्यै राजनिति नभएको उल्लेख गर्दै कार्यपालिकामा सर्वसम्मत निर्णयलाई मात्रै कार्यान्वयनमा अधि बढाईएको बताए । मेयर मेहताले अब इनरुवा ५ वाडावासीले आफ्नै वडा कार्यालयबाट सेवासुविधा पाउने भएकाले आफूलाई खुशी लागेको वताए । उनले वडावासीलाई सहज र सरल किसिमले सेवा प्रवाह गर्न आग्रह गरे । सेवा प्रवाहमा केही कमी हुनु हुदैन मेयर मेहताले भने – गुनासो आउने गरी काम गर्दा जनतामा नैराश्यता पैदा हुन्छ ,यसमा जनप्रतिनिधी,कर्मचारी जिम्मेवार वन्नुपर्छ । यस्तै मेयर मेहताले वडा कार्यालय निमार्ण गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी ब्यक्तिहरुलाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले नगरपालिकाको अन्य वडाको तुलनामा वडा नम्बर ५ को हरेक सेवा सुविद्याले सम्पन्नशाली रहेको बताए । ब्यवस्थित विकासको नमुना वडाका रुपमा ५ नम्बर वडा रहेको निरौलाले बताए ।

कार्यक्रममा बोल्दै इनरुवा नगरपालिका ५ का वडा अध्यक्ष अञ्जनीकुमार पोखरेलले वडाबाटै सेवा सुचारु हुनेहुँदा छिटो र सहज रुपमा जनताले सेवा पाउनेमा बिश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा इनरुवा नगरपालिका ३ का वडा अध्यक्ष कालुराम गुरुङ, वडा न.ं ८ का वडा अध्यक्ष रबिन्द्र मण्डल लगायतको सहभागिता रहेको थियो ।

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्