दिपेन्द्र यादव / इनरुवा ।

नेपालीहरुको चाडवाडमा कोभिड–१९ कारण सुनसरीका मानिसहरुमा मानसिक समस्या बढेको बताउनु भएको छ ।

कोरोना भाइरसका कारण रोजगार गुमाएर घर फर्केका व्यक्तिहरुलाई चाडवाडमा पैसा अभावका कारण मानसिक समस्या बढेको बताउनु भएको हो ।

कतिपय तलबी कर्मचारीहरुले अहिलो कोरोना भाइरसको कारण रोजगार पूर्ण रुपमा गुमाएका छन् भने विभिन्न क्षेत्रका काम गर्ने कतिपय दैनिक ज्यालादारीमा कार्यरत्त कर्मचारीहरु दशैँ, तिहार र छठ पर्व जस्तो चाडवाडमा आफुले काम गरेको तलव समेत नपाएको इनरुवा अस्पतालका कर्मचारी पारसमणी यादवले भने कोभिड १९ का कारण कर्मचारीहरुमा उदासिनता बढेको बताउनु भयो ।

कोरोना भाइरसको त्रासका कारण कर्मचारीहरुको घर दैनिकी खल्बलिनु, रोजगारी र कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको उहाँले बताउनु भएको हो ।

यता नोवेल मेडिकल कलेज एण्ड टिचिगं हस्पिटल बिराटनगर अस्पतालका मानसिक रोग विशेषज्ञ डा. प्रिथीबहादुर राईका अनुसार कोभिड–१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट अथवा कमै हुन्थे । अहिले सुनसरी जिल्लाको मात्रै दैनिक ४/५ जना बिरामी अस्पताल आउँछन् ।

उनीहरुमा प्राय जसो कोरोना भाइरसका कारण अब के हुने होला भन्ने डर हुन्छ डरका कारण “मनोत्रास’ अथवा उदासीपन” बढेको बिरामी अस्पताल आउछन् । तर बिरामीहरुको मनोवल उच्च राख्न र कोरोना भाइरसबाट बाँच्न स्वास्थय मापदण्ड पुरा गरेर मात्र बाहिर निस्कन, बिना काम बाहिर नजान सल्लाह दिने गरेको डा. राईले जानकारी दिनुभयो ।

नोवेल मेडिकल कलेज एण्ड टिचिगं हस्पिटल बिराटनगर अस्पतालमा “मनोत्रास’ अथवा उदासीपन” भएर आउने बिरामी बढी हुन्छ, छाती दुख्यो, मुटु दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउछन”, उहाँले भन्नुभयो ।

एक्कासि उत्पन्न हुने अत्यधिक तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘मनोत्रास अथवा उदासीपन” हुने गरेको डा. राईको भनाइ छ ।

मानसिक समस्याबाट गुज्रेका मानिसको कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको वहाँले बताउनुभयो ।

उहाँले मानसिक समस्या लुकाउने र स्वीकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको र समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताउनुभयो ।

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्